काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि दोस्रो पटक आवेदन माग
काठमाडौँ, १८ माघ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टरहरूले पनि आवेदन दिन पाउने भएका छन् ।
सिफारिस समितिको बिहीबार बसेको बैठकले कार्यविधि परिमार्जन गर्ने निर्णय गरेपछि डाक्टरहरूले पनि आवेदन दिन पाउने भएका हुन् ।
यसअघि कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको थियो । यो प्रावधानमा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिएको डाक्टरहरूको जिकिर थियो ।
मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यतालाई पनि समावेश गर्ने गरी कार्यविधि संशोधन गरिएको छ ।
अब सिफारिस समितिले पुनः केही दिनको समय दिएर शुक्रबार आवेदनको लागि सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।