धौलागिरी लघुवित्तको नाफा २० लाख ८१ हजार
काठमाडौं, २० माघ । धौलागिरी लघुवित्तले दोस्रो त्रैमाससम्म कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा रहेको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो ।
खुद ब्याज आम्दानी २०६.८१ प्रतिशतले बढेर ६ करोड ४१ लख ३२ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा २० लाख ८१ हजार रुपैयाँ सञ्चालन आम्दानी कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ४ करोड १४ लाख ८३ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ५६ पैसा छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ १७ पैसा ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २२ पैसा छ । चुक्ता पुँजी १३ करोड ३१ लख रुपैयाँ छ ।