फोनपे बिल्सको नयाँ अभियान : बीमा प्रिमियम तिर्दा १००% क्याशब्याक जित्ने अवसर
काठमाडौं, २१ माघ । फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एप मार्फत बीमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १०० प्रतिशत क्यासब्याक जित्ने अवसर प्रदान गर्न अभियान सुरू गरेको छ।
यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रिमियम तिर्दा १०० प्रतिशत क्यासब्याक (१५ हजार रूपैयाँसम्म) प्राप्त गर्नेछन्।
यो अभियान माघ ३० (फेब्रुअरी १२, २०२५) सम्म चल्नेछ जसले ग्राहकहरूलाई बीमा प्रिमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्दछ।
सहभागी हुनको लागि ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रिमियम तिर्नुपर्छ।
सफल भुक्तानी पछि उनीहरू स्वतः लकी ड्रा को लागि योग्य हुनेछन् र १०० प्रतिशत क्यासब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर रहेको बताइएको छ।