सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदी कति पुग्यो ?
काठमाडौं, २१ माघ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार पनि सुनको मूल्य स्थिर रहेर सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।