बुधबार २३ माघ, २०८१

उत्तरी सिरियामा कार बम विष्फोट हुँदा १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट हुँदा १५ जनाको मृत्यु

एजेन्सी,२१ माघ । सिरियाको उत्तरी शहर मानबिज नजिकै भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको छ । भने बम विस्फोटमा अरु दर्जनौं घाइते भएको बताइएको छ ।

आक्रमणमा १४ महिला एक पुरुष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाली सञ्चारमाध्यमको अनुसार कृषि कामदार बोकेको गाडी कारको छेउबाट गुज्रिरहेको बेला विस्फोट हुँदा सो गाडीमा सवार १४ महिला र एक पुरुष कामदारको मृत्यु भएको छ । अन्य १५ जना महिला घाइते भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए |

डिसेम्बरमा राष्ट्रपति बसर अल असदको पतन पछि, उत्तरपूर्वी अलेप्पो प्रान्तको मनबिजमा हिंसा जारी छ ।