बुधबार २३ माघ, २०८१

स्वदेशी उत्पादन प्रयोग गर्न महासंघको आह्वान

स्वदेशी उत्पादन प्रयोग गर्न महासंघको आह्वान

काठमाडौं, २१ माघ । नेपाल उद्योग वाणिज्य महासंघले सम्भव भएसम्म नेपाली उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई पत्राचार गर्दै महासंघ महानिर्देशक गोकर्णराज अवस्थीले यस्तो आग्रह गरेका हुन् ।

२८ मंसिरमा सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने निर्देशिका–२०८१ पारित गरेको थियो ।

यसले स्वदेशी वस्तु उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन र उत्पादित वस्तुको बजार प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । 

महासंघले सरकारको उक्त निर्णयलाई स्वागत गर्दै सम्भव भएसम्म नेपाली उत्पादन प्रयोग गरी प्रवर्द्धन गर्न आग्रह गरेको हो ।