बिहीबार २४ माघ, २०८१

सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण

सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण

काठमाडौं, २२ माघ । सन नेपाल लाइफ इन्स्योरेन्सले कर्पोरेट कार्यालयलगायत देशभरका कार्यालयमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसका अवसरमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता भन्ने मूल नारासहित सम्पत्ति शुद्धीकरण र यसले समग्र अर्थतन्त्र तथा बिमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले सो विषयमा प्रस्तुतीकरण गरेकी थिइन् भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यसको महत्व, आवश्यकता र न्यूनीकरणबारे जानकारी गराएका थिए  । 

पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापनसहितका कर्मचारीको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारीलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो ।