बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्दै
![बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/rastrapati-edward-1024x574_k4uIEeIYNa_f3ofh5jisxcqz7gams62tk4viehsaatimcnjs6cklyoznjlco12q3zmcddoz_G5cMYiib4B_hzq4v5cgt42zhmzmlw55wws2thzm3jovyagyyi2wiyblrvbi8xegrjvzevy6.gif)
काठमाडौं, २२ माघ । नेपाल भ्रमणमा आउन लागेका बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्ने भएका छन् ।
उनीहरुले मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने तालिका रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।
बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया भारत हुँदै नेपाल आउने उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।
नेपाल आएपश्चात दुवैजना लैनचौरस्थित बेलायती राजदुतास जानेछन् । तालिकाअनुसार दिउँसो सवा ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने भएका उच्च सरक्षा स्रोतले जानकारी दिएको छ ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।