काठमाडौं आइपुगिन् बेलायती राजकुमारी सोफिया
काठमाडौं, २२ माघ । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।
उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले उनलाई स्वागत गरे ।
एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।
राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् ।
त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता हुने स्रोतले जानकारी दियो ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुने कार्यक्रम छ ।