बुधबार २३ माघ, २०८१

थाइल्यान्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

थाइल्यान्डले नेपाललाई दियो  १०७ रनको लक्ष्य

काठमाडौं, २२ माघ । नेपाल महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार थाइल्यान्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेटको क्षतिमा १०६ रन जोड्यो।

थाइल्यान्डका लागि पुथ्थावाङले नटआउट २५ रन र सुथिरुवाङले २७ रन जोडे। दुईबीच ५० रनको साझेदारी भएपछि थाइल्यान्डले सय रन कटाएको थियो।

त्यसअघि नेपालले थाइल्यान्डको १२ ओभरभित्र ६ विकेट लिएको थियो भने थाइल्यान्डले ५६ रन जोडेको थियो। 

नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। उनले  ४ ओभरमा १ मेडन राख्दा १८ रन दिइन्। डेब्यू खेलाडी रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट हात पार्न सफल भइन्।

सिरिजमा नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ। नेपालले नेदरल्यान्ड्ससँग दुई खेल तथा थाइल्यान्डसँग एक खेल गुमाइसकेको छ।