काठमाडौँ आइपुगे बेलायती राजकुमार एडवार्ड
काठमाडौँ, २२ माघ । बेलायती राजकुमार एडवार्ड मंगलबार काठमाडौँ आइपुगेका छन्।
करिब एक साताको निजी भ्रमणका लागि उनी आज बिहान काठमाडौँ आइपुगेका हुन्। उनकी पत्नी राजकुमारी सोफिया पनि आजै काठमाडौँ आइपुगेकी छन्।
एडवार्ड भारतबाट आएका हुन् भने सोफिया बिहान लण्डनबाट काठमाडौँ आएकी हुन्। उनीहरू २७ गते फर्किने तालिका छ।
उनीहरूले आज राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ।