बुधबार २३ माघ, २०८१

अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतकको बैठक

अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख सचेतकको बैठक

काठमाडौं, २३ माघ । सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतक तथा मुख्य सचेतकको बैठक बोलाएका छन्। सभामुख घिमिरेले आज अपराह्न ३ बजे बस्नेगरी बैठक बोलाएका हुन्।

बैठकमा सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल हुने जनाईएको छ। प्रतिपक्षी दलहरूले अध्यादेशको चर्को विरोध गरिरहेका छन्। भोली प्रतिनिधिसभा बैठक बस्दैछ । सभामुख घिमिरेले त्यसअघि दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्।