बुधबार २३ माघ, २०८१

उल्लेख्य बढ्यो हिमालयन लघुवित्तको खुद नाफा

उल्लेख्य बढ्यो हिमालयन लघुवित्तको खुद नाफा

काठमाडौं, २३ माघ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९५.६८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.७१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २४.२९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २५.४८ प्रतिशत र सञ्चालन मुनाफा ३९५.७३ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ १ पैसा बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपेयाँ ३७ पैसा रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १६ करोड २६ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले ५ अर्ब ३७ करोड ७९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।