बुधबार २३ माघ, २०८१

हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभाको आह्वान

हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभाको आह्वान

काठमाडौं, २३ माघ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही फागुन ११ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आफ्नो १७औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रकेको चुुक्ता पुँजी आठ अर्ब दुई करोड तीन लाख ८३ हजार छ सय दुई रुपैयाँमध्येबाट १४ प्रतिशतका दरले हुन आउने एक अर्ब १२ करोड २८ लाख ५३ हजार सात सय चार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्तापुँजी नौ अर्ब १४ करोड ३२ लाख ३७ हजार तीन सय छ रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही माघ २५ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।