बुधबार २३ माघ, २०८१

मानव बेचबिखन र ठगी आरोपमा कांग्रेस नेता खनाल पक्राउ

मानव बेचबिखन र ठगी आरोपमा कांग्रेस नेता खनाल पक्राउ

काठमाडौं, २३ माघ । मानव तस्करी तथा ठगी अभियोगमा प्रहरीले एक जना कांग्रेस नेतालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल रहेका छन्।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ। विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ। पीडितहरूको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।