बुधबार २३ माघ, २०८१

बैंककमा आप्रवासन सम्बन्धि एशिया प्रशान्तस्तरीय सम्मेलन, नेपालबाट महासचिव राई सहभागी

बैंककमा आप्रवासन सम्बन्धि एशिया प्रशान्तस्तरीय सम्मेलन, नेपालबाट महासचिव राई सहभागी

काठमाडौं, २३ माघ । थाइल्यान्डको बैंककमा ग्लोबल कमप्याक्ट माईग्रेसन सम्बन्धि एशिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन सुरु भएको छ । हिजो फेब्रुअरी ४ देखि ६ तारिखसम्म चल्ने सम्मेलनमा १५० जना प्रतिनिधिले सहभागिता जनाएका छन् । 

युएन ईस्कयापको आयोजनामा सुरु भएको सम्मेलनममा एशिया प्रशान्त क्षेत्रका सरकार, गैर सरकारी संस्था र ट्रेड युनियनका प्रतिनिधीहरुले विभिन्न मुद्दाहरुममााथि छलफल गरिरहेका छन् ।

एशिया प्रशान्त क्षेत्रबाट करिब २० जना श्रमिक नेताहरुको सहभागिता रहेको छ  । नेपालको युनियनका तर्फबाट नेपाल ट्रेड युनियन कांगे्रसका महासचिव अजय कुमार राईले सहभागिता जनाएका छन् । उनले हिजो पहिलो दिन नै संयुक्त राष्ट्र संघको बैककस्थित सभा हलमा आप्रवासी श्रमिकबारे आफ्नो धारणा राखेका छन् ।