बुधबार २३ माघ, २०८१

पञ्चकन्या ग्रुपले ल्यायो नेपाली ब्रान्डको उच्च गुणस्तरीय ‘पञ्चकन्या बाथवेयर’

पञ्चकन्या ग्रुपले ल्यायो नेपाली ब्रान्डको उच्च गुणस्तरीय ‘पञ्चकन्या बाथवेयर’

काठमाडौं, २३ माघ । पञ्चकन्या ग्रुपले नेपाली ब्रान्डको उच्च गुणस्तरीय ‘पञ्चकन्या बाथवेयर’ बजारमा ल्याएको छ । योसँगै बाथरुममा प्रयोग हुने धारा, सावर, पाइप लगायत सामानमा विदेशीको विकल्प आएको हो । व्यावसायिक घराना पञ्चकन्या ग्रुपले नेपालमै उच्च गुणस्तरका यस्ता सामान बजार ल्याएको बताएको छ ।

ग्रुपले ‘पञ्चकन्या बाथवेयर’ ब्रान्डमा धारा, सावर, पाइप लगायत बजार ल्याएको हो । आफ्नै ब्रान्डको बाथवेयर ललितपुरस्थित पञ्चकन्या ग्रुपको कार्यालयबाट सार्वजनिक गरेको हो ।

पञ्चकन्या बाथवेयरले हाल १८ मोडेलमा बाथवेयर सार्वजनिक हो । ग्रुपले नेपाली नदीका नाम राखेर मोडेलहरू सार्वजनिक गरेको हो । ग्रुपले अब १ सय दिनभित्र नेपाली बजारमा सयभन्दा बढी बिक्री तथा सेवा केन्द्र खोल्ने लक्ष्य पनि लिएको छ । दाङमा पञ्चकन्या ग्रुपको उत्पादन घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको शुभ सप्लायर्सले गर्दै आएको छ ।