अनलाइन मिडिया छाडा भए, नियमन गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ
![अनलाइन मिडिया छाडा भए, नियमन गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ](https://snowberry.prixacdn.net/media/gallery_folder/ps-g_UmeSccFWGl_dXUDv0wmnH_264m2iboyrykxk9b3mv4jv9sua1tqdzvpiqa6j68azhpqsfvcjaklphwngkp_BYegXCFOqf_exm8uuqevfq3q5yyjdljygwtupabjqkdzftcucnjrbmixptnfsvdnjjq3jps.jpg)
काठमाडौं, २३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी रहेको बताएका छन्।
बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उनको भनाइ छ।
उनले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै यसको नियमन गर्न जरुरी रहेको बताए।
मन्त्री गुरुङले सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमूना भएपनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको दाबी गरे।
अनलाइन मिडियाले सामाजि सद्भाव, आपसि एकता र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने कार्यमा सहयोग नगरेको जिकिर पनि गरे। उनले हेट स्पिचको माध्यमबाट व्यक्ति विषेश र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै उनले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागिपरेको समेत बताए।
‘यो अनलाइन क्षेत्र निकै छाडा छ। यो त सबैले महशुस गर्ने विषय होइनरु अराजकतालाई प्रश्चय दिएर लोकतन्त्र बलियो हुन्छ रु प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही लेख्ने पाउने हो ररु त्यो त होइन होला नि त। सबैले नियमभित्र बस्ने तर अनलाइनले आचारसंहितामा नबस्ने भन्ने छ र दुनियारु’, मन्त्री गुरुङले भने, ‘हेट स्पिचको माध्यमबाट गलत कुराहरु भनेर कुनै व्यक्ति, पार्टी, समाज र समुदायको बदनाम गर्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुनसक्छरु यसले हाम्रो लोकतन्त्र बलियो हुदैन। त्यसकारणले यसको नियमन गर्न जरुरी छ।’
उनले नेपालको सांस्कृतिक र धार्मिक पहिचानको संरक्षणका लागि सबै एकजुट भएर अघि बढ्न जरुरी रहेको बताए।