चितवनमा सकिएन थुनछेक बहस, रविलाई हिरासतमा पठाइयो
काठमाडौं, २३ माघ। चितवन जिल्ला अदालतले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई हिरासतमा पठाएको छ।
बुधबारबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको हो।
न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान लिइएको थियो। बयान सकिएसँगै सुरु भएको थुनछेक बहस नसकिएपछि रविलाई बिहीबार १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो।
साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।