कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर
![कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर](https://snowberry.prixacdn.net/media/gallery_folder/gas_IcGgsbRVrR_yx8mnaqpvtkzmppmuwyy8zktptfhpdbnobyhqgftvcnyaanhl85cfekla774_FljJsxaslg_gwsjeg8vbmsylejgogfbtb3bt6vesc1ypynpdhlarh4negeaajmoryiulj3b.jpg)
काठमाडौं, २४ माघ । कमलपोखरीस्थित सानदार मोमो पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।