सतुंगलमा पहिलो आइचर जेन्युइन पार्ट्स शपको उद्घाटन
काठमाडौं, २४ माघ । इसीभी र बतास एमएडब्लू कमर्सियल भेहिकल्सले काठमाडौंको सतुंगलमा संयुक्तरुपमा पहिलो आइचर जेन्युइन पार्ट्स शप (ईजीपी) को आरम्भ गरेका छन् । बुधवार एक उद्घाटन कार्यक्रम आयोजनगरी यस्तो सुरुवात गरिएको हो।
सो अवसरमा उपत्यकाभरिका स्पेयर पार्ट्स आपूर्तिकर्ताहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा इसीभी र बतास एमएडब्लूका प्रमुख अधिकारीहरुको सहभागीता थियो। इसीभीका क्षेत्रीय प्रमुख सन्दीप शर्मा, र देशीय प्रमुख हितेश अरोरा लगायत बतास एमएडब्लू कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक सन्तराज बतास, र कमर्सियल भेहिकल्सका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त पुराणिकले समुउपस्थिति रहेको थियो ।
सो अवसरमा उपत्यकाभरिका स्पेयर पार्ट्स आपूर्तिकर्ताहरूको उपस्थिति रहेको थियो।
शर्माले नवउद्घाटित ईजीपी लाई एक महत्वपूर्ण उपलब्धि भन्दै भविष्यमा यसको थप विस्तार र विकास हुने विश्वास व्यक्त गरे।
यस्तैगरी , पुराणिकले ईजीपीले स्थानीय स्पेयर पार्ट्स बजारमा पार्ने सकारात्मक प्रभावको चर्चा गर्नुका साथै उनले यसलाई देशव्यापी व्यवसायिक मोडेल को रूपमा विस्तार गर्दै ग्राहकहरूलाई आइचरका सक्कली पार्ट्स सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको स्पष्ट पारेका थिए ।