बिहीबार २४ माघ, २०८१

प्रचण्डले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

प्रचण्डले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई उनले सम्बोधन गरेका थिएनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो बैठकमा बोलेका कुरालाई दाहालले आजको बैठकमा जवाफ दिने तयारी रहेको बताइएको छ।