बिहीबार २४ माघ, २०८१

डिलाइट ह्वाइटनर अब दुर्गम गाउँमा पनि सहजै उपलब्ध

डिलाइट ह्वाइटनर अब दुर्गम गाउँमा पनि सहजै उपलब्ध

काठमाडौं, २४ माघ । नेपालको राजधानींदेखि दुर्गम गाउँहरूमा डिलाइट डेरी ह्वाइटनर सहजै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

हुम्ला, जुम्ला, कर्णाली र लोमाङथानजस्ता हिमाली गाउँमा दुधको उत्पादन सीमित भए तापनि डिलाइट ह्वाइटनरले उपभोक्तालाई सहज बनाएको कम्पनीको भनाइ छ । 

उपभोक्ताको मागलाई ध्यानमा राखेर किराना पसलदेखि बिबिएसएम, सेल्वे, सेल्सबेरी, र बिगमार्टजस्ता ठुला सुपरमार्केट तथा दराज, ठुलोडटकम, र स्मार्ट डोकोजस्ता ई–कमर्स साइटमा पनि एक क्लिकमै डिलाइट उपलब्ध हुने कम्पनीले जनाएको छ ।