बिहीबार २४ माघ, २०८१

‘ नो केबलकार समूह’ का ३ जना धरौटीमा रिहा

‘ नो केबलकार समूह’ का ३ जना धरौटीमा रिहा

काठमाडौं, २४ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा बन्ने केबलकारको विषयमा सुरक्षाकर्मी र नो केवलकार पक्ष बिच भएको झडपका क्रममा पक्राउ परेका ३ जना छुटेका छन् ।

नो केवलकार पक्ष चन्द्रसागर  लिम्बू , लक्षुमण लिम्बू र प्रदिप मादेनलाई छाडेको हो ।

मादेनलाई १० हजार र चन्द्रसागर ,लक्षुमणलाई ५ /५ हजार धरौटीमा छाडिएको छ। ताप्लेजुङ जिल्ला प्रहरीका प्रहरी निरिक्षक विवेक बस्नेतका अनुसार अदालतको  आदेश बमोजिम उनहरुलाई आज छाडिएको हो ।