इन्लाइटनको ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ शुरु
काठमाडौं, २४ माघ । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनको ‘स्टडी अब्रोड बुटक्याम्प ५.० ‘शुरु भएको छ । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको सहजीकरण गर्ने उद्देश्यले इन्लाइटनले बुटक्याम्प आयोजना गरेको हो ।
इन्लाइटन इन्टरनेसनल एजुकेशनकी कार्यकारी निर्देशक सिता भट्टराईका अनुसार बुटक्याम्पमा जापान, न्यूजिल्याण्ड, यूएसए, यूके र क्यानडा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि आवश्यक परामर्श दिइने छ । साथै कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको भट्टराईले बताईन् ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता पनि रहेको छ । ५ वटा देशका विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने यो कार्यक्रमले विद्यार्थीलाई धेरै सहज बनाउने विश्वास लिइएको छ ।