बिहीबार २४ माघ, २०८१

चित्रबहादुर केसीको प्रश्न: समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ?

चित्रबहादुर केसीको प्रश्न: समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ?

काठमाडौं, २४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले संसद समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्दतीको अभ्यास सरकारले गरिरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले लोकतन्त्रको लागि हामी लामो समय लडेको भएतापनि त्यसको अभ्यास गर्ने शिलसिलामा राजनीति पार्टीहरु बारम्बार चुकेको बताए ।

उनले भने, ‘दुई वटा ठूला दल मिलेर लोकतन्त्रलाई व्यवस्थित गर्छन भन्ने मैले विचार गरेको थिए । तर अब संसद समयमा नबोलाउने अध्यादेश ल्याएर देश चलाउने यही हो लोकतन्त्र ?

यस किसिमको अप्रजातान्त्रिक तरिकाले लोकतन्त्रको लागि हामी लामो समय लड्यौं त्यसको अभ्यास गर्ने शिलसिलामा राजनीति पार्टीहरु बारम्बार चुकेका छन् । यस्तो गर्नु हुँदैन् ।

संसद बोलाउन छेकेको थियो कस्ले ? संसद नबोलाउने अध्यादेशबाट देश चलाउने यही पद्दती हो भने यो लोकतन्त्र होईन् । यो अप्रजातान्त्रिक पद्दती हो ।’