आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश
![आफूले सम्बोधन गर्दा ओली नआएको भन्दै प्रचण्डको आक्रोश](https://snowberry.prixacdn.net/media/gallery_folder/1720769625-Os5Rr_omc70UIVYn_latkhufn8bbpjrd0nqscgshoy1p5oft1tdkw774zppbv87mscf4cvnybz5pk_UXO7rFbUJo_euqusot6pwygvjkozjn2lelltzowm071erzwzwhmmhugm2zdgnpu4gu1ynua.jpg)
काठमाडौँ, २४ माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले बोल्ने समयमा प्रधानमन्त्री अनुपस्थित नभएको भन्दै आक्रोश पोखेका छन् । विपक्षी दलको नेताको हैसियतमा संसदमा संवोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजेका हुन् ।
‘संसदीय लोकतन्त्रको परम्पराअनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्ष दलका नेताहरु उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ । मैले गम्भीर रुपले नै प्रम आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्ता पक्षका सबैभन्दा ठुलो दलका नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ’, प्रचण्डले भने, ‘अहिलेसम्म आउनु भएको छैन । म आशा गर्छु उहाँ आउनुहुनेछ ।’
प्रचण्डले यसो भनेको केही मिनेटमा कांग्रेस सभापति शेरबहादुर देउवा भने संसदमा पुगेका थिए ।