बिहीबार २४ माघ, २०८१

सामाजिक सञ्जाल विधेयकमा सुमनाको प्रश्न : युवाको आवाज सरकारले सुन्छ ?

सामाजिक सञ्जाल विधेयकमा सुमनाको प्रश्न : युवाको आवाज सरकारले सुन्छ ?

काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् ।

आज (बिहीबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समया सांसद श्रेष्ठले विधेयकको विरोधस्वरूप समाजिक सञ्जालमा युवाहरूले चलाएको ’बोल्न दे सरकार’ अभियानलाई सम्बोधन गर्न आग्रह गरेकी हुन् ।

‘यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्नुस्, युवाहरूको आवाज सबैले बोक्नै पर्छ, सुन्नैपर्छ, उनले भनिन्। सरोकारवालासँग छलफल नगरेरै विधेयक ल्याइएको उनको भनाइ छ ।