गणपति लघुवित्तले कमायो १ करोड २३ लाख
काठमाडौं, २५ माघ । गणपति लघुवित्त वित्तीय संंस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड २३ लाख ५० हजार एक सय १४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड सात लाख ४२ हजार तीन सय १४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार पाँच सय ३२ रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा ४७ करोड १९ लाख १२ हजार तीन सय ९८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ११ करोड ७३ लाख ५१ हजार पाँच सय एक रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ५० लाख ८३ हजार दुई सय नौ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ६७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ४८ करोड ६३ लाख ७२ हजार दुई सय ९६ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब पाँच करोड ९८ लाख ६३ हजार आठ सय दुई रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड २५ लाख २९ हजार एक सय पाँच रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५२ प्रतिशत रहेको थियो ।