माउन्टेन इनर्जी नेपालको खुद नाफा ४६.२७ प्रतिशतले बढ्यो
![माउन्टेन इनर्जी नेपालको खुद नाफा ४६.२७ प्रतिशतले बढ्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/mountain-energy_tUk2fdgwor_ldubjeyp0oizfaal6vywjeqyjgyqwm5nr1qzelazr3xyymrarsyj7ascli0h_KhiTyF16uO_xic5dkzyqs96wwujttpngagfhpruthtcyoekdks1xzelecyuao1191hdjor9.png)
काठमाडौं, २५ माघ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४६.२७ प्रतिशत धेरै हो ।
माउन्टेन इनर्जीको विद्युत बिक्रीबाट हुने आम्दानी ७३ करोड ७९ लाखबाट बढेर ७९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।
वित्तीय खर्च १३ करोड ५९ लाखबाट घटेर १२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । २ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।