शुक्रबार २५ माघ, २०८१

ग्रामीण विकास लघुवित्तको नाफा १८ करोड ४८ लाख

ग्रामीण विकास लघुवित्तको नाफा १८ करोड ४८ लाख

काठमाडौं, २५ माघ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १८ करोड ४८ लाख ७१ हजार सात सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १७ करोड दुई लाख ३२ हजार चार सय ७२ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा तीन अर्ब ५३ करोड ३८ लाख ९७ हजार नौ सय ३१ रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब १३ करोड ४२ लाख ६३ हजार नौ सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ५९ करोड ८९ लाख २० हजार चार सय ९१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ८२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ५४ करोड ६४ लाख नौ हजार दुई सय १२ रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ४१ करोड ८६ लाख छ हजार पाँच सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४८ करोड ९२ लाख ८० हजार छ सय ४४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६१ प्रतिशत रहेको थियो ।