शुक्रबार २५ माघ, २०८१

अभियान लघुवित्तको नाफा घट्यो

अभियान लघुवित्तको नाफा घट्यो

काठमाडौं, २५ माघ । अभियान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३७ लाख ८६ हजार नौ सय २० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले छ करोड २४ लाख ६८ हजार छ सय ७८ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले चालु आवको दोस्रो त्रैमासमा २९ करोड ५८ लाख ५३ हजार नौ सय ७६ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७५ करोड ९६ लाख ७९ हजार एक सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ३१ लाख ५८ हजार १३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर पाँच दशमलव ९५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २२ करोड ७१ लाख चार हजार एक सय ७३ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९१ करोड २८ लाख २१ हजार नौ सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा खुद व्याज आम्दानी एक करोड २६ लाख ७१ हजार २७ रुपैयाँले ऋणात्मक रहेको संस्थामा सात दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्पेडदर छ दशमलव ९८ प्रतिशत रहेको थियो ।