शुक्रबार २५ माघ, २०८१

ओमोडा र जेइ गाडीको नयाँ सोरुम धनगढीमा

ओमोडा र जेइ गाडीको नयाँ सोरुम धनगढीमा

काठमाडौं, २४ माघ । ओमोडा र जेको गाडीको नयाँ सोरुम कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । शोरुमको सेती प्रादेशिक अस्पतालका पुर्व मेसु तथा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर गणेशवहादुर सिंहले सुदूरपश्चिम प्रदेशका लागि आधिकारिक बिक्रेताको रुपमा धनगढी स्थित बोराडाँडीमा कृष्णा अटोमोबाईल्सको सोरुम उद्घाटन गरिएको हो ।

नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता रहेको एसपिजी अटोमोबाईल्सद्वारा धनगढीमा नयाँ स्वरुम कृष्णा अटोमोबाईल्स सञ्चालनमा ल्याइएको हो ।

सोरुम उद्घाटन गर्दै सेती प्रादेशिक अस्पतालका पुर्व मेसु तथा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर गणेशवहादुर सिंहले नेपाली अर्थतन्त्रका लागि विद्युतीय गाडीको भूमिका महत्वपूर्ण हुने बताए । पछिल्लो समय विद्युतीय गाडीहरुको प्रवद्र्धन भइरहेकोमा खुसी व्यक्त गर्दै उनले पहाडी क्षेत्रहरुमा पनि चार्जिङ सुविधा दिएर सहजता दिनुपर्नेमा जोड दिए ।

कृष्णा अटोमोबाईल्सका अध्यक्ष कमला जोशी भट्टको अध्यक्षतामा भएको उद्घाटन समारोहका बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा रहेका थिए । उद्घटान कार्यक्रममा एसपिजी अटोमोबाईल्सका जिएम ज्ञानेन्द्रबहादुर चन्द, एसपिजी अटोमोबाईल्सका सिनियर म्यानेजर आशिष दाहाल लगायतको उपस्थिति रहेको थियो ।

ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । सुदूरपश्चिमका लागि धनगढीमा नयाँ स्वरुम सञ्चालनमा आएपछि नेपाली ग्राहकमाझ लोकप्रिय ओमोडाका गाडी किन्ने सुदुरपश्चिम प्रदेशका ग्राहकहरुका लागि सहजता भएको छ । भूगोल अनुसार मोटर पावर, ग्राउन्ड क्लियरेन्स र रेन्ज भएकाले पछिल्लो समय नेपाली सडकमा ओमोडा ब्राण्डका गाडीहरुको उपस्थिति बढ्दै गएको छ । ‘हामीले ओमोडा ईफाइभका लागि उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएका छौं, एसपीजी अटोमोबाइल्सका जिएम ज्ञानेन्द्रबहादुर चन्दले भने, हाम्रा ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिको आदान प्रदान गर्दै, नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो ।’ उनले अगाडी भने, धनगढी र सुदूरपश्चिमका हाम्रो ग्राहक र ईभी प्रेमीलाई हाम्रो नयाँ सोरुम भ्रमण गर्न र फ्युचरस्टिक गाडीका अनेक फाइदाहरू अनुभव गर्न आमन्त्रित गर्दछौं ।’

धनगढीमा नयाँ सोरुम  उद्घाटननसहित एक हप्ते ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ पनि सुरू भएको छ । यस योजना अन्तर्गत सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्टड्राइभ गर्नुका साथै गाडीको खरिद वा एक्सचेन्जमा ‘ईनअग्युरेसन अफर’सहित आकर्षक छुट तथा डिस्काउन्टको अवसर प्राप्त गर्नेछन् ।

एसपिजी अटोमोबाईल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाईल्स प्राईभेट लिमिटेडको नेपालको लागि आधिकारिक वितरक हो ।