शुक्रबार २५ माघ, २०८१

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

काठमाडौं, २५ माघ । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयवाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो । स्थानीय तहमा रिक्त रहेका ४४ पदका लागि गत १६ मंसिरमा उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकोले नियमित मतदाता नामावली दर्ता तवा अद्यावधिक कार्य सुरु गरिएको आयोगले जनाएको छ ।