"प्रेस सेन्टर रौतहट अध्यक्ष पदमा विवाद, तेस्रो जिल्ला अधिवेशनको बन्द सत्र स्थगित"
!["प्रेस सेन्टर रौतहट अध्यक्ष पदमा विवाद, तेस्रो जिल्ला अधिवेशनको बन्द सत्र स्थगित"](https://snowberry.prixacdn.net/media/gallery_folder/1738905695-IHlxV_GQvTQsCgEk_nbxucnaur1tll2rlkqpdllqzpk8d3txg9yew7wjgogumeo8ssgizxfmhjxhp_Pn88PkFlR3_k4qayqc5t2abchetshspmayvfqrcbmlbzhbndohchzmitw85p4jekifm25vd.jpg)
रौतहट, २५ माघ । प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्ष पदमा विवाद हुँदा तेस्रो जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको छ । जिल्ला अधिवेशनबाट सर्व सहमतिमा नयाँ नेतृत्व चयन गर्न खोजिए पनि हुन नसकेको हो ।
सेन्टरका निवर्तमान सचिव रमेश कुमार यादव र रानी साह (मञ्जु बराइली) ले अध्यक्षको चाहना राखेपछि सर्वसहमतिमा नेतृत्व चयन हुन नसकेको प्रेस सेन्टर नेपाल रौतहटका सदस्य पवन कुमार उपाध्यायले बताए ।
प्रेस सेन्टर नेपाल रौतहटका अध्यक्ष डिल्ली बहादुर कार्कीले साहलाई समर्थन गरेको र केहि प्रतिनिधिहरू यादवलाई समर्थन गरेकाले विवाद भएको उनले बताए ।
अधिवेशनमा सहभागी केही पत्रकारहरूले संगठनभित्र नेतृत्व चयन प्रक्रियामा देखिएको विवादप्रति असन्तुष्टि जनाएका छन् । अब पुनः अधिवेशन कहिले हुने भन्नेबारे कुनै निर्णय नभएको प्रेस सेन्टर नेपाल रौतहटले जनाएको छ ।
प्रेस सेन्टर नेपाल रौतहटका अध्यक्ष कार्कीका अनुसार विवादलाई टुंगोमा पुर्याएर सम्भत सर्व सहमतिमा नयाँ नेतृत्व चयन गरिने छ । यस पटक क्रियाशील महिलालाई नेतृत्व दिने आफ्नो चाहना रहेकाले साहलाई समर्थन गरेको उनले बताए । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार आयोजित अधिवेशन उदघाटन सत्र सकिएर बन्द सत्रमा विवाद भएको थियो ।