सुनको मूल्य घट्यो

काठमाडौँ, २५ माघ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार १ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच हुनेछ ।