सबैभन्दा ठूलो हत्याकाण्डका कारण शोकमा स्वीडेन
![सबैभन्दा ठूलो हत्याकाण्डका कारण शोकमा स्वीडेन](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo-2-56_GX9TbOMY4l_abcnspk7hrxkoighrlt2csegnklmtvdo239mqrcxbmvmbumhbhgxcfryarai_LZX8W265ZK_m9pltsblw4pdxw1jqnf8iftwqodg3hncl86nnq8zhv0pzeubilotmbjlchi4.jpg)
एजेन्सी, २५ माघ । सबैभन्दा घातक सामूहिक गोलीबारीका कारण ११ व्यक्तिको मृत्यु भएपछि स्वीडेन शोकमा डुबेको छ ।
मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ रहेको ओरेब्रोको रिसबर्गस्का क्याम्पसमा सबैभन्दा ठूलो एवम घातक हत्याकाण्ड भएको हो ।
प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको पुष्टि गरे । घटनापछि पत्रकार सम्मेलन गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदन व्यक्त गरेका छन् ।
विद्यालय परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका थिए । मृत्यु हुनेमा गोली प्रहार गर्ने संदिग्ध पनि रहेको प्रहरीले जनाएको छ । उनी को थिए भन्ने आधिकारिक रुपमा पुष्टि नभएपनि ३५ बर्षीय वेरोजगार व्यक्ति रहेको अनुमान गरिएको छ ।
संदिग्धले तीनवटा हतियार, धेरै राउण्ड बारूद र एक चक्कु बोकेको प्रहरीले जनाएको छ । हरियो सैनिक पोशाकमा रहेको उनी पहिले क्याम्पसको एउटा बाथरूममा प्रवेश गरेको र त्यसपछि आक्रमण सुरु गरेको बताइएको छ ।
घट्नाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले रिसबर्गस्का वयस्क शिक्षा केन्द्रको क्याम्पसको दृश्यलाई ‘अराजकता र आतंक’ भनिएको छ ।
घट्नामा परी घाइते भएका ६ जना अस्पतालमा रहेका छन् । तीमध्ये अधिकांश गम्भीर तर स्थिर अवस्थामा छन् ।
घटनापछि स्वीडेन सरकारले केही परिवारहरूसँग शोक मनाइरहेको छ । स्थानीय र घट्ना प्रभावितहरुले आँशु थाप्न सकेका छैनन् भने एक अर्कालाई सान्तवना दिइरहेका छन्