शुक्रबार २५ माघ, २०८१

‘वल्र्ड अफ डान्स नेपाल’ को छनौट सुरु

‘वल्र्ड अफ डान्स नेपाल’ को छनौट सुरु

काठमाडौं, २५ माघ  । ‘वल्र्ड अफ डान्स नेपाल’ को छनौट प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।

बिहीबारबाट काठमाडौंमा उक्त छनौट प्रतियोगिता सुरु भएको हो । यसका निर्णायकमा जेडी तमु, निशान गौचन, मुकेश ढकाल रहेका छन् । च्याम्पियनसिपको आर्टिस्टिक डाइरेक्टरमा जेडी तमु रहेका छन् । 

यसबाट छनोट भएका प्रथम, दोस्रो र तेस्रो हुनेले प्रतियोगीले आफ्नो देशको प्रतिनिधित्व गर्दै अमेरिकाको लस एन्जेल्स कन्भेसन सेन्टरमा आयोजना हुने वल्र्ड अफ डान्स, युएसमा सहभागी हुन पाउनेछन् ।

अमेरिकाको सर्वोत्कृष्ट डान्स प्लेटफर्म वल्र्ड अफ डान्समा विश्वभरका २५ देशका करिब एक लाख नृत्य प्रतिभा सहभागी हुने गरेका छन् ।

सोही क्रममा कलाकार प्रशान्त ताम्राकारले लामो समयदेखि नेपालको डान्समा आफ्नो प्रतिभा र योगदान दिनु भएको सबैको लागि ‘वल्ड अफ डान्स नेपाल’ एउटा स्वर्ण अन्तराष्ट्रिय मञ्च भएको बताएका छन् । 

उनले भने, ‘लामो समयदेखि नेपालको डान्समा आफ्नो प्रतिभा र योगदान दिनु भएको सबैको लागि ‘वल्ड अफ डान्स नेपाल’ एउटा स्वर्ण अन्तर्राष्ट्रिय मञ्च हो । हरेक डान्सरको सपना गर्न राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा आफ्नो प्रतिभा देखाउने सपना आज ‘वल्ड अफ डान्स नेपाल’ ले पूरा गर्न गइरहेको छ ।’

यसको साथै, उनले नेपालीहरुको प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा लानुपर्ने भन्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित तरिकाले लानको लागि योजना बनाई रहेको बताए ।