शुक्रबार २५ माघ, २०८१

त्रिकोणात्मक सिरिज : नेपालले थाइल्याण्डलाई दियो ८२ रनको सामान्य लक्ष्य

त्रिकोणात्मक सिरिज : नेपालले थाइल्याण्डलाई दियो ८२ रनको सामान्य लक्ष्य

काठमाडौं, २५ माघ । त्रिकोणात्मक महिला टी–ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसामू कमजोर प्रदर्शन गरेको छ। 

यस अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो। 

नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, कपतान इन्दु बर्माले १० रन बनाउँदा डेब्यु गरेकी राजमती ऐरी ११ रनमा अविजित रहिन्।

अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

पाँच खेलमा लगातार हार बेहोरिसकेको नेपाल अब सान्त्वना जितको खोजीमा हुनेछ । जारी श्रृंखलामा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनको हार बेहोरेको थियो । 

यस्तै, नेपालले दोस्रो म्याचमा थाइल्याण्डविरुद्ध ४ विकेट, तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रन तथा चौथो म्याचमा थाइल्याण्डविरुद्ध ५ रनको पराजय बेहोर्‍यो । यस्तै, सिरिजअन्तर्गत पाचौँ खेलमा नेपालले नेदरल्याण्ड्ससँग १० विकेटको फराकिलो हारको सामना गर्‍यो ।