संसद्मा उठ्यो गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्नुपर्ने माग
![संसद्मा उठ्यो गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्नुपर्ने माग](https://snowberry.prixacdn.net/media/gallery_folder/Ramesh-lekhak-basanta-kunwar_Ddo5dcJdRH_qtb2qlzvgrmtfngafpoenoi4y2nllyaymwgwwdhcwh5a9xyz8vfu25gglqee_ZzPwsoboxD_aloew33myu4nhzk2e4mvvbwkqtvnsjyksaz7mjxkiffyd7f33e2hhhm0mxcx.jpg)
काठमाडौं, २५ माघ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार बोल्दै सांसद ज्वालाले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।
बिहीबारको संसद् बैठकमा पनि यो विषयमाथि चर्को बहस भएको थियो । सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले एक स्वरमा यस घटनाबारे ध्यानाकर्षण गराएका थिए ।
त्यसमाथि शुक्रबारको बैठकमा बोल्ने क्रममा सांसद ज्वालाले गृहमन्त्री र आईजीपीमाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखे ।