रवि लामिछानेको निलम्बन फुकुवा गर्न रास्वपाको माग
![रवि लामिछानेको निलम्बन फुकुवा गर्न रास्वपाको माग](https://snowberry.prixacdn.net/media/gallery_folder/dp-aryal-sadan-1738919560_50lyNlTvig_hk080isos6d0upqijokyxycwsrqbavu38h8eiqacvvzkaa2i3jjswu4z84kp_LBdkZyWYJb_29s4dqx1iv8yaie3gocndoz79958d5azydfeeeotxotfxauvrnhpiyfzymuv.jpg)
काठमाडौँ, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उनको सांसद पद फुकुवा गर्न माग गरेका हुन्।
रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाए। उनले भने, “थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु।”
रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गरे। सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाएका छन्।