शुक्रबार २५ माघ, २०८१

अवैध क्रसर सञ्चालनमा रोक लगाउन सांसद दाहालको माग

अवैध क्रसर सञ्चालनमा रोक लगाउन सांसद दाहालको माग

काठमाडौं, २५ माघ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले अवैध क्रसर सञ्चालनमा रोक लगाउन र सुरु भएका क्रसरहरुलाई सदनबाट रुलिङ् गर्न आग्रह गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले क्रसरहरुले फोहोर खोलामा फालेको कारण पर्यटकीय हबहरु उजाड भएको भन्दै यसको रोक लगाउन सरकारलाई आग्रह गरेका हुन् । 

उनले भने, “रोसीबाट पानीभन्दा बढी लेदो बगेको छ । क्रसरहरु हुन् जसले फोहोर खोलामा फाल्ने गरेको छ । यसले गर्दा मूलकोट, नेपालथोक र खुरकोटलगायतका पर्यटकीय हबहरु अहिले उजाड भएका छन् । बस्तीवीहिन हुने अवस्था सिर्जना भएको छ । तसर्थ अवैध क्रसर सञ्चालनमा रोक लगाउने र सुरु भएका अवैध क्रसरहरुलाई यहीबाट रुलिङ् गर्न अनुरोध गर्दछु ।” 

यसको साथै, उनले अबिरल वर्षा र त्यसबाट सिर्जित बाढी पहिरो गएको ठाँउमा राहत र पुनस्थापना गर्ने विषयमा संघीय सरकारको उपस्थिती नदेखिएको बताए ।