महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन
![महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन](https://snowberry.prixacdn.net/media/gallery_folder/20250207151409_thzQ9HYywE_b5v3apqe2n4mavgeeqbc4yvuofile8kj5zcxblzquniyk17sjwyk2z5hxrzh_VQuUEJ8j7M_swdwkofk2d23g0dp4b0trvw8rpsrdmeenqcmvsarpjphvzzm8p7arihv9bym.jpg)
काठमाडौँ, २५ माघ । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो ।
यस प्रतियोगितामा खेलेका सबै ६ खेलमा हार व्यहोरेको छ । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।
यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो । सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन् ।
नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको थियो । यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो ।
थाइल्याण्ड भने पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ । नेदरल्याण्ड्स ८ अंकसहित दोस्रो भएको छ । थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग १ विकेटले पराजित भएको थियो ।