मेरो प्रायसले धनगढी-खुटिया-दिपायल-बझाङ हुँदै उरै भञ्जाङ सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले
![मेरो प्रायसले धनगढी-खुटिया-दिपायल-बझाङ हुँदै उरै भञ्जाङ सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले](https://snowberry.prixacdn.net/media/gallery_folder/20250207154349_7kDE2KvTxz_tsdijeabkebph7qzkvzxvxruwizajd6rqegkf6agtq485mma9nj1cppsqxai_9PoE1CG1wL_fmduzoeswatw8q7zkgxukrgbt5qqojte3ceo39cssd6uta0gzrvyzhwsy3aj.png)
काठमाडौं, २५ माघ । डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो एकल प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताएका छन् ।
शुक्रबार संघीय संसदको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफूले बजेट विनियोजना गराउन सफल भएको दाबी गर्दै उक्त सडकको बजेट विनियोजनका विषयमा केही तत्वहरुले अनावश्यक हल्ला फिजाइ रहेको बताए ।
उनले भने, “म डोटी बाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे र धाए । वजेट विनियोजन गराइए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफूले बजेट बिनियोजन गराएको भन्दै हल्ला फिजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन की प्रदेशका मन्त्री, सांसदले ?।”
यसैगरी सांसद आलेले उक्त योजनामा प्रदेश सरकार, स्थानीय तहहरुले बजेट बिनियोजन नगराएको स्पष्ट पर्दै आफ्नो एकल प्रयास र मेहनेतले बजेट पार्न सफल भएको जिकिर गरे । उनले भने, “झुटको खती गर्न त लाज मानौँ । तपाईहरुलाई आफू भन्दा माथिल्लो तहका योजना पनि हामीले गरेका हौँ भन्न कत्ति पनि लज्जाबोध हुँदैन । मेरो एकल प्रयासले बजेट विनियोजन भएको हो ।”
आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा बजेट विनियोजन गराउन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थममन्त्री वर्षमान पुन समक्ष दर्जनौँ पटक धाएर २०८१ जेठ १५ को बजेटमा करिब ४३ करोड बजेट विनियोजन भएको र त्यसपछि सडक डिभिजन, सडक विभाग, मन्त्रालयलाई ताकेदा गर्दा गर्दा बहँुवर्षिय कार्यक्रमको स्रोत सुनिनिश्चताको सहमति दिनु भएको भन्दै सांसद आलेले तत्कालिन प्रधानमन्त्री प्रचण्ड अर्थममन्त्री वर्षमान पुन तथा हालका अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद समेत दिएका थिए ।
धनगढीदेखि उरै सम्म पुर्याउने लक्ष्य बोकेको उक्त योजना निर्माणका लागि १ अर्ब बजेट भएपनि यो कमै भएको तथा १ अर्बले अब हाडखोलीदेखि कापडा सम्म ७ मिटर चौडा भएको सडक कालोपत्रेका लागि चाडो भन्दा चाडो टेण्डर आह्वान गर्न सडक विभागलाई र डिभिजनलाई उनले आग्रह गरे ।
उनले भने, “धनगढीदेखि दिपायल सम्म मात्र हामीले यस सडकलाई कालोपत्र गरेमा धनगढीबाट हामी दुई घन्टामा दिपायल पुग्न सक्छौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड जान चाहने पर्यटकले कैलाली–कञ्चनपुरबाट छिटो छरितो खप्तड घुमेर सहजै फर्किन सक्नेछन् ।”
यो सडक भारत–नेपाल–चिन जोडिएको त्रिदेशिय सडक भएको तथा भारत र नेपालका हिन्दू धर्मालम्बीहरु यो सडक मार्ग भएर चीनको मानसरोवर सम्म जाने नेपालको सबैभन्दा छोटो र भू–बनावटका आधारमा सुविधाजनक सडक भएकाले यो सडक निर्माणका लागि म अवनरत रूपमा लागि रहेको उनको भनाई थियो ।
उनले भने, “यहाँको पर्यटन प्रर्वदनको लागि धनगढी–खुटिया–दिपायल सडक खप्तडको कोसेढुंगा सावित हुने छ ।”