ग्लोबल आईएमई बैंकले फोटो पत्रकारलाई क्यामरा किन्न बिना धितो कर्जा दिने
![ग्लोबल आईएमई बैंकले फोटो पत्रकारलाई क्यामरा किन्न बिना धितो कर्जा दिने](https://snowberry.prixacdn.net/media/gallery_folder/global-ime-nfpj-81_flFPOs8xnm_qzhhntjwhnj6gx6aipcrxsowzloqj4canz9rsmznjtwhbnm42sfagtnyqbgy_ufrNhVGKH4_t8uncytjsl4iw3fqhzs7miwqkznlcledxc2cojzdmkxeb0f4p473wkkacdf7.jpg)
काठमाडौँ, २५ माघ । ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि बिना धितो कर्जा उपलब्ध गराउने भएको छ ।
यस सम्बन्धी सम्झौतामा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकले क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म बिना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो ।
बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधासहित कर्जा उपलब्ध गराउने छ ।
कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपीजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनि अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।