वेलायती राजकुमार पोखरामा, गोर्खा सैनिकसँग भेटघाट
![वेलायती राजकुमार पोखरामा, गोर्खा सैनिकसँग भेटघाट](https://snowberry.prixacdn.net/media/gallery_folder/pokhara-belayati-3-jpg_7w9YSV3me0_kvuplck4l2vguqxhrnxsyfre8fmkmdqy5ak46popakftxtg95hln0nhpwmsd_AGwvoSwTBI_eutenytycjusyora74z1ih3721l3mubjvljw2j3s33adeeifpdfugw03cjlh.jpg)
पोखरा, २५ माघ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरामा छन् ।
उनीहरुले गोर्खा सेनामार्फत बेलायत–नेपाल मित्रताको गहिरो सम्बन्ध रहेकोबारे चर्चा समेत गरे ।
बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाहरुको वार्षिक प्रमाणीकरणमा सहभागि भएका उनीहरुले गोर्खा सैनिकमा नेपालीहरुको सक्रियताको प्रसंशा गरेका थिए । त्यसक्रममा बेलायती सेनामा नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरेका थिए ।
अत्याधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया पछि २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू बेलायती सेनामा सामेल हुनेछन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट आएका नयाँ भर्ती भएकाहरुका परिवारका सदस्यहरू उपस्थित थिए । राजकुमारले भने, ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार भन्दा बढीमध्ये केवल २७४ नयाँ गोर्खा मध्ये एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक रहेको छ । आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’