शुक्रबार २५ माघ, २०८१

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको आरोप लागेका दुई जना धरौटीमा रिहा, एक कारागार चलान

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको आरोप लागेका दुई जना धरौटीमा रिहा, एक कारागार चलान

काठमाडौं, २५ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदातलका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एकरएक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् ।

अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले बताए ।

धरौटी बुझाउन नसेकका प्रतिवादी जैसी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० जुम्लाको उपसभापति हुन् । जैसीले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गरेका थिए ।

अर्का प्रतिवादी केसीले भने आफू सहकारी पीडित रहेको बताएका थिए । प्रतिवादी राईले भने आफू कुनै पनि संघसंस्था तथा पार्टीमा आवद्ध नरहेको बताएकी थिइन् ।