कांग्रेस नेता मीन विश्वकर्माविरुद्ध हर्क साम्पाङले दिए अख्तियारमा उजुरी
![कांग्रेस नेता मीन विश्वकर्माविरुद्ध हर्क साम्पाङले दिए अख्तियारमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/Harka-sampang-and-min-bishwakarma_Sv8wQPWtgf_ywfzvqe7zhbryx3ddo8fgroofhl54wvdm5lgz0qshbhc3bfnwcsfgqmb2ixo_CkXPgYgChG_tgqnkoqyb8r0gsjdeucag2x35ssldtut1atbckhb4wuhccqmigbs1drzltqc.gif)
काठमाडौं, २५ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने समेत माग गरेका छन् ।