आइएमई लाइफ इन्स्योरेन्स ३ विधामा 'इमर्जिङ एसिया अवार्ड' जित्न सफल

काठमाडौं, २७ माघ । जीवन बीमक, आइएमई लाइफ इन्स्योरेन्सले पाँचौँ संस्करणको “इमर्जिङ्ग एशिया अवार्डमा” सर्वश्रेष्ठ जीवन बीमा अवार्ड सहित तीन विधामा अवार्ड जित्न सफल भएको छ ।
कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड Strategies for Insurance Spreading) र बीमा नेतृत्वमा महिला (Women in Insurance Leadership) विधाको अवार्ड पनि जित्न सफल भएको हो ।
यो प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यो कार्यक्रमले आइएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ ।
नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको आईएमई लाइफले प्रतिकृया दिएको छ ।