सोमबार १२ फागुन, २०८१

हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हित चाहियो : उपेन्द्र यादव

हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हित चाहियो : उपेन्द्र यादव

काठमाडौं, २७ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा जाने अवस्था नरहेको बताएका छन् ।

संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले अहिले सरकारमा जाने कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा मात्र भएको बताए ।

उनले अध्यादेशमा बार्गेनिङ गरिरहेको भन्ने कुराको पनि खण्डन गरे । सरकारले ल्याएका अध्यादेशबारे आफूहरूले विज्ञहरूसँग लगातार छलफल गरिरहेको बताएका यादवले कार्यसूचीमा राख्ने बित्तिकै निर्णय लिने बताए ।

उनले अध्यादेशबारे विज्ञहरूले थरिथरि सुझाव दिइरहेको बताए । ‘धेरै विज्ञसँग छलफल गरिरहेका छौं । उहाँहरूको मिश्रित प्रतिक्रिया छ । कसैले कामचलाउ भन्नुभएको छ, कसैले देश र जनताको हितमा छैन भन्नुभएको छ,’ उनले भने ।